आशु त मेरो पनि आउँछ,
कहिले एकान्तमा लुकाएर रोएँ होला,
कहिले ढोका थुनेर चुपचाप बगाएँ होला,
हृदय मेरो पनि छ,
पलपल भाँचियो होला, रोएर भिजायो होला ।
कसैले देखेन, कसैले बुझेन,
मेरो मुस्कानभित्रको आँधीलाई,
मैले आफैँलाई सम्हालेँ,
तर कतिखेर झर्न थाले आँसु,
मैले आफैँलाई सोध्न पनि भ्याइनँ ।
जिन्दगीको गोरेटो कति साँघुरो,
कहिले काँडा, कहिले चोटको भारी ।
तर आँसु मात्रै मेरो साथी बने,
कहिले ओठको हाँसो मेट्दै,
कहिले हृदयको चोट गहिरिँदै ।
चाहन्थेँ, कोही हेरि देओस्,
म भित्र भत्किएको शहरलाई ।
तर सबैले बाहिरको महल हेरे,
म उभिएको कमजोर धरातल थाहा पाएनन् ।
आँसु बग्छ, सधैँ मौन सहन्छु,
तर यसले पनि भन्छ—
“तिमी एक्लै छैनौ, म तिम्रो आवाज हुँ ।”
हृदय रोएको कथा लेखिरहन्छ,
आँसु झरेको संगीतले गुञ्जिरहन्छ ।
एकदिन,
यो आँसुले मलाइ बल दिन्छ,
र मलाई सम्झाउँछ—
मेरो आँसु भनेको हार होइन,
मेरो आँसु भनेको जिन्दगीको एउटा उचाइ हो ।