एक्लै थिए म यात्रामा,
खाली थिएन् मनका कथा ।
निशब्द थिएँ, मौन थिएँ,
तरभित्र थुप्रै व्यथा ।
तिमी आयौ अनायासै,
बनेर मधुर संगीत ।
मेटायौ मनका खालि कुना,
जागायौ जीवनको प्रीत ।
संगै हिँड्यौं केही कदम,
जिन्दगी जस्तै सुन्दर देखिन्थ्यो ।
तर दोबाटोमा तिमी रोकियौ,
र बाटो आफ्नो मोड्यौ ।
कहाँ थिएनन् प्रश्नहरू मनमा,
तर जवाफ तिमीले दिइनौ ।
एक्लै फेरी फर्किएँ म,
जसरी तिमीले छोड्यौ ।
तर तिम्रो साथको छायाले,
जीवनलाई केहि बुझेझैं भयो ।
यात्रा आफ्नै भए पनि,
पाइलाहरू तिमीले उधारो दियो ।
अब यो दोबाटोमा म,
खोज्दै छु नयाँ अर्थहरू ।
तिम्रो सम्झना एउटा गीत बनेर,
गुञ्जन्छ मनका भावहरु ।
तपाइकाे भावना ब्यक्त गर्नुहाेस ।