यो धर्ती आमा हो, शिर झुकाएर नमन,
जसले सहिरहेछ पीडा, सहिरहेछ निर्धन ।
नेताको झुठा वचनले चकनाचुर भयो,
जनताको सपना हर दिन क्षतविक्षत भयो ।
केभुल त्यो श्रमिकको, जो माटोमा जिउँछ,
के भुल त्यो किसानको, जो धर्तीमा सिउँछ ।
अन्धभक्तको नजरमा मात्र ढोंग छ सजिलो,
सार्वजनिक सम्पत्ति बिक्छ, देस कहिले लाग्छ उँभो?
एकदिन समय आउँछ, यो भूमि पुन: बोल्छ,
देशभक्त एक दिन यो माटोमा अवस्य फुल्छ ।
झूठको सिंहासन एक दिन पक्कै ढल्छ,
जनताको पीडा बोक्दै, सच्चा देस भक्त एक दिन अवस्य आउछ ।
आउँछन् ती वीरहरू, सपना जसले देखेका छन्,
देश बनाउने संकल्पमा, आकाशले टेक्छन् ।
अन्धकारले धकल्ने छैन, उज्यालो आउँछ,
यो भूमि फेरि, देशभक्तको माटो एक दिन अवस्य बन्छ ।
२०८१-६-२१ खनियाखर्क
तपाइकाे भावना ब्यक्त गर्नुहाेस ।