मध्ये राति बाढी आयो, घर बगायो,
सपना बगे, आँसु सँगै छताछुल्ल,
धुरीहरूसँगै झरे
पुरानो सम्झना, हिजोको संघर्ष ।
राजमार्ग त उस्तै थियो हिजो सम्म
हेर्दा हेर्दै आज बगर वनायो,
अविरल पानीले निल्यो
मान्छेको अस्तित्व,
सहर जाने रहर हरायो
र गाउँको मौनतामा बिलायो ।
खेतहरूमा हरियाली थियो,
अब रित्तो, केवल बालुवा मात्र छ,
जसले माटो छोडेर
बाझो बनाए, किसानको सपना रित्तो बनाए ।
व्यवसायीले पनि सम्हाल्न सकेन,
गलेको पसल र तिनका झ्यालहरू,
हिजो व्यापार गर्थे जहाँ,
आज उजाड र भत्किएको धरहरा छ ।
बाढी आयो, तर केही रहेन बाँकी,
जीवन फेरि बस्ती र खेत खोज्दै
कसरी उठ्ने, कसरी बस्ने
अनि सपना फेरि कति सजाउने?
मान्छेहरू बिस्थापित भए,
तर सपना अझै छ—
फेरि उठ्ने, फेरि सम्हाल्ने
र यो बर्बादीलाई सम्भावनामा बदल्ने ।
(असाेज १२ र १३ गतेकाे अविरल झरीकाे सम्झनामा)
तपाइकाे भावना ब्यक्त गर्नुहाेस ।