प्रतिक्षा छ मलाइ त्ये पुर्णिमाको,
जहाँ अन्धकारले छाएको त्यो कालो रात छ।
शीतल चन्द्रमाले फेरि मुस्कान भर्ने,
त्यो उज्यालो रातको स्वप्न लिएर मन चल्मलाइरहेछ।
प्रतिक्षा छ मलाइ त्यो विहानीको,
जहाँ क्षितिज पारी आशाका किरणहरू चम्किदैछ।
सुस्ताएको सूर्य फेरि तातो हुने,
र बिउँझिने छन् मेरो देशका सुस्ताएको सपनाहरू।
मेरो देश, आज मलामी विहिन बन्दै छ,
हराएका छन् हातहरू, जसले मलामीको काँध दिने।
तर म विश्वास गर्छु,
कहीँ कतै त्यही ढुंगे मनले माया फुकाउने छ।
प्रतिक्षा छ मलाइ, त्यो आँधीले शान्ति हुने दिनको,
जहाँ पतझडले पुनस् नयाँ पालुवा जन्माउनेछ।
प्रतिक्षा छ, त्यो हृदयमा आगो सल्काउने साहसको,
जहाँ हरपल बाँच्ने आधार फेला पर्नेछ।
हेर्, कति गाढा छ अन्धकार तर,
त्यसैले त उज्यालो झन् प्रिय लाग्छ।
मेरो देशका मान्छेहरू,
फेरि पनि एकसाथ बाँधिनेछन्,
र निर्माण गर्नेछन् एउटा नयाँ भोलि,
जहाँ न त मलामी अभाव हुनेछ,
न त हाम्रा सपनाहरू अनाथ।