तिमी उठ्यौ त्यही दिन,
जहाँ आशा पनि डगमगाएको थियो,
न डर, न कुनै हिचकिचाहट,
बाढीको बहावले तिमीलाई रोकेन ।
हर रात तिमी उज्यालो खोज्न थाल्यौ,
कहाँ भेटिन्छ त्यो मार्ग?
तिम्रा हातले माटो च्यापेर,
हर पत्थरलाई प्रेमले सजायौ ।
न त थकान, न त अफसोस,
तिमीले फेरी बनायौ त्यो अस्थाइ बिपिको बाटो,
जसलाई समाजले दियो सम्मान,
नायक, “ज्याद्रो मान्छे”।
तिमी बिना त्यो सडक के थियो?
अन्धकारमा डुबेको अँध्यारो,
तर तिमीले ल्यायौ उज्यालो,
हिम्मतले भरिएको त्यो रहस्यमय जीवन ।
समाजले तिमीलाई दियो नाम,
सिर्जनाको यो गौरव कथा,
जसले फेरि जीवित बनायो सपनाहरु,
तिमी हौ हाम्रो “ज्याद्रो मान्छे”,
जसले अन्धकारलाई उज्यालोमा बदलेको छ ।
हाम्रा पाइला हिँड्न सक्छन् आज,
तिम्रो संघर्षको डोब छ जहाँ ।
तिमीलाई सलाम छ,
समाजको “ज्याद्रो मान्छे”,
जीवन दिन सक्ने तिम्रो अद्वितीय हात ।
२०८१-६-२५ खनियाखर्क
तपाइकाे भावना ब्यक्त गर्नुहाेस ।